समानुपातिक प्रणालीबारे पहिलो पटक सभापति देउवाले कडा टिप्पणी दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुझारू र युवा नेतालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेक कार्यक्रममा बोल्दै सभापति देउवाले योग्य र जुझारू नेताहरूलाई अगाडि बढाउनेबारे आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले कांग्रेस एकजुट हुनुपर्ने पनि बताएका छन् ।
सभापति देउवाले कांग्रेस जति सुदृढ हुन्छ त्यति नै प्रजातन्त्र बलियो हुने बताएका छन् । उनले प्रजातन्त्रमा फेरि संकट आउन नदिन कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका छन् ।
देउवाले भने, ‘कांग्रेस जति बलियो र सक्षम हुन्छ । त्यति नै प्रजातन्त्र सुदृढ हुन्छ र फेरि संकट आउँदैन ।’
उनले भने, ‘त्यसका निम्ति जिल्लाबाट सुरू भएको यो आन्दोलनले देशभरीनै संगठनलाई बलियो बनाउने र पार्टीलाई बलियो पार्छ ।’
उनले सबै जिल्लाका गाउँगाउँ र घरघरमा पार्टीको उपस्थिति हुनुपर्ने बताएका छन् । गाउँ र घरहरूमा अभियान गरियो भने देशभर पार्टीको संगठन बलियो हुने सभापति देउवाले बताए छन् ।
उनले गठबन्धनकै कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका छन् । देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक भएको पनि बताएका छन् ।
प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उनले बताए ।
उनले भने, ‘समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसदमा दुईतिहाई चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौं ।’
कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै देउवाले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिएका छन् ।
संगठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरू गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने बाध्यता रहेको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया