प्रधानमन्त्री दाहालसहित चार मन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार जना मन्त्रीहरूसहित भगवान पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गरेका छन् ।
प्रधानमन्त्री दाहालले शनिबार साँझ पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् । प्रधानमन्त्री दाहालले चार जना मन्त्रीहरूलाई पनि साथमा लिएर पशुपतिनाथ मन्दिरको पूजा गरेका छन् ।
प्रधानमन्त्री दाहालसँग पशुपतिनाथ मन्दिरमा पूजा गर्न अर्थमन्त्री डा.प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, पररराष्ट्रमन्त्री एनपी साउद र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती पनि गएका थिए ।
प्रधानमन्त्री दाहालको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीज्यूले पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ ।’
प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा पूजा गरेका थिए ।
प्रधानमन्त्री दाहालसहितका मन्त्रीहरूले गेरूवस्त्र लगाएर पूजा गरेका थिए । गेरुवस्त्र लगाएको भनेर प्रधानमन्त्री दाहाल र मन्त्रीहरूको क्रिश्चियन समर्थकहरूले विरोध गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया