कसैको विरोध गरेर कांग्रेस ठूलो बन्दैन, जनताको काम गर्नुस् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।
शनिबार ललितपुर जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पार्टीका नेताहरूलाई गाली गरेर कांग्रेस ठूलो पार्टी नबन्ने बताएका हुन् । उनले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताएका छन् ।
सभापति देउवाले कांग्रेसको नेतृत्व गर्ने अब युवा पुस्ताकै पालो भएको बताएका छन् । ‘गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने ?’, देउवाले प्रश्न गर्दै भने, ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’
पार्टीलाई बलियो बनाउने गरी काम गर्न कसैलाई नरोकेको बताउँदै देउवाले कांग्रेसलाई अहिले आफूले देशको ठूलो पार्टी बनाएको बताएका छन् ।
‘सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ बलियो बनाउनुछ’, उनले भने, ‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् ।’
उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताएका छन् ।
‘जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो । मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन’, उनले भनेका छन् ।
सभापति देउवाले सबै एकजुट भएर लागे मात्र पार्टीलाई बलियो बनाउन सकिने बताएका छन् ।
महामन्त्री गगन थापाले सभापति देउवालाई सार्वजनिक कार्यक्रमहरूमा गालीगलौज गरिरहेका छन् । उनले पार्टीमा महामन्त्री बनेर पनि सिन्को भाँच्न सकेका छैनन् । बरु सभापति देउवाकै कारण कांग्रेस बलियो बनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया