नागरिकता विधेयक र आममाफीको निर्णय सभापतिको हो, मेरो होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक, आममाफी लगायतका निर्णयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियनको कार्यक्रममा काठमाडौंमा सम्बोधन गर्दै थापाले दीर्घकालीन र राष्ट्रिय महत्वको विषयमा असर पर्ने निर्णयहरू सभापति देउवा आफैले गरेको बताए । उनले राष्ट्रिय विषयमा पार्टीभित्र कुनै पनि विषय छलफल नहुने गरेको बताए ।
उनले यस्तै अवस्था रहेमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताए ।
उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम पार्टीलाई कस्तो असर गर्छ भन्ने ध्यान नै नदिएर निर्णय गरेको आरोप लगाएका छन् ।
पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सैह्य नहुने थापाले बताएका छन् ।
उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने बताएका छन् । उनले सभापति देउवाविरुद्ध उत्रन पार्टीको नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गरेका छन् ।
उनले अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटक–पटक दोहोर्याएका छन् । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको महामन्त्री थापाले बताएका छन् ।
थापाले पार्टीलाई ‘दाई’हरूको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा गरेका छन् ।
उनले कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाउने अधिकारी आफूसँग नरहेको बताए । उनले सभापतिलाई नै बैठक बोलाउने अधिकार रहेका कारण केही गर्न नसकेको बताए ।
विभाग गठनको पनि महामन्त्री थापाले विरोध गरेका छन् । उनले सभापति देउवाले चाहेका कारण एउटा विभाग बनेको बताए । आफूहरूले चाहेर पनि केही गर्न नसकेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया