भुटानी शरणार्थी प्रकरणका यी ३० जनाविरुद्ध अभियोग पत्र दर्ता
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरेको छ ।
सरकारी वकिलको कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।
उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहितविरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ ।
पूर्वउप–प्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी मानवअधिकारवादी नेता एकनाथ रिजाललगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् । १४ जना फरार रहेका छन् ।
प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधीश लक्ष्मण उपाध्याय घिमिरेले बताएका छन् ।
पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन् ।
उनीहरूमाथि प्रहरीले राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा अनुसन्धान गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया