अष्ट्रेलिया भागेको भनिएकी कांग्रेस नेतृ मञ्जु खाण कहाँ छिन् ? किन बदनाम गरियो ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद मञ्जु खाणका विषयमा अष्ट्रेलिया भागेको भनेर समाचार आइरहेका बेला सिंहदरबारमा देखिएकी छिन् ।

शुक्रबार दिउँसो नेतृ खाण कांग्रेसको संसदीय दलको कार्यालय सिंहदबारमा भेटिएकी हुन् । उनले आफूलाई जोडेर नक्कली भुटानी शरणार्थी प्रकरणमा बदनाम गराएको भन्दै चिन्ता जनाएकी छिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेतृ खाणको नाम मुछेर समाचार आएका थिए । कथित अडियोमा नेतृ खाणले रकम लिएको उल्लेख थियो ।

नेतृ खाणले भनिन्, ‘मलाई अष्ट्रेलिया भागेको भनेर बदनाम गरियो । म किन अष्ट्रेलिया भाग्नुपर्‍यो ? कुनै गल्ती गरेको छैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर बयान लिएको छ ।

यसअघि, अराजक समूहले कांग्रेस नेतृ आरजु राणा पनि बैंकक भागेको भनेर समाचार बनाएको थियो । केही तत्व नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता र नेतृहरूविरुद्ध समाचार लेखाएर चरित्रहत्या गर्न लागेको छ ।

Published : Friday, 2023 May 19, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया