सभापति देउवाका छोरा जयवीरकी प्रेमिकाको तस्वीर सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले प्रेमिका शिवाना श्रेष्ठ रोमान्टिक तस्वीर सार्वजनिक भएपछि हलचल भएको छ ।

जयवीर र शिवानीबीच प्रेमसम्बन्ध थियो । उनीहरूका बीच औपचारिक रुपमा विवाहको तयारी भएको छ । यसैक्रममा जयवीर र शिवानीका तस्वीरहरू बाहिरिएका छन् । उनीहरूले एकअर्कालाई औँठी साटेका छन् ।

शिवाना विभिन्न गायक र गायिकाका गीतहरू गाउने गर्छिन् । जयवीर र शिवानाले औँठी साटेको तस्वीर शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेपछि हलचल भएको छ ।

‘खुसी, विश्वासै गर्न सकिरहेको छैन’, शिवानाकी आमाले इन्स्टाग्राममा लेखेकी छिन् ।

शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

Published : Thursday, 2023 May 18, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया