मन्त्री रञ्जिता श्रेष्ठका पतिले जन्मकैद काट्नुपर्ने, लक्ष्मणसहित सीताराम र गंगारामलाई फाइदा
काठमाडौं । सर्वोच्च अदालतले रेशमलाल चौधरीको जन्मकैदको सजायलाई सदर गरेको छ ।
कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट चौधरीले जन्मकैदको सजाय पाएका थिए ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको फैसलामा उल्लेख छ ।
सोही मुद्दाका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सीताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरूलाई मंगलबार नै थुनामुक्त गर्न सर्वोच्चको आदेश छ ।
जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको छ । थारुले थप जेल बस्नु पर्दैन ।
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले मंगलवार साँझ माइतीघर मण्डलामा भेला भई सर्वोच्चको फैसलाप्रति विरोध जनाएका हुन् ।
उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् । रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ टीकापुरबाट जितेर आएकी छिन् । श्रेष्ठ हाल भूमिसुधार मन्त्री छिन् ।




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया