कांग्रेस नेताहरूलाई छानीछानी आक्रमण, कम्युनिस्टलाई बचाएको तरुण दलको ठहर
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजधानीमा उपलब्ध जिल्ला अध्यक्षहरूसँग छलफल गरेका छन् ।
शनिबार काठमाडौंको रविभवनस्थित केन्द्रीय कार्यालयमा गुरुङले जिल्ला अध्यक्ष र तरुण नेताहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका हुन् ।
अध्यक्ष गुरुङले नेपाली कांग्रेस र कांग्रेसका नेताहरूको मानमर्दन, चरित्रहत्या, अपमान लगायतका कार्य बढेको भन्दै चिन्ता जनाएका छन् । उनले नक्कली भुटानी शरणार्थीको विषयमा कांग्रेसका नेताहरूमाथि भइरहेको ज्यादतिप्रति असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष गुरुङले नक्कली शरणार्थी प्रकरणको विषयलाई निष्पक्ष रुपमा प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्ने भन्दै मिडियाबाजी गरेर अनुसन्धानलाई नबिथोल्न आग्रह गरेका छन् । तरुण दल पनि दोषीलाई कारबाहीको पक्षमा रहेको भन्दै दोष नै नभएका कांग्रेसका नेताहरूमाथि राजनीतिक प्रतिशोध साँधेर भइरहेको गतिविधिबाट आफू गम्भीर भएको जनाएका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले मुलुकको व्यवस्था परिवर्तन गर्न विभिन्न अस्वभाविक क्रियाकलापहरू बढेको बताएका छन् । उनले उपलब्धीलाई बचाउन देशभरिका तरुणहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन् ।
भ्रष्टाचार रहित सुशासनको पक्षमा तरुण दल रहेको बताएका गुरुङले नेपाली कांग्रेसलाई तेर्साउने र बदनाम गराउने कार्य गरेको आरोप लगाएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमालेसहितका कम्युनिस्टहरू र पूर्वसचिवहरूतिर मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन नहुने हो कि भनेर आशंका उत्पन्न भएको अध्यक्ष गुरुङले बताएका छन् । उनले कांग्रेसका नेताहरूलाई मात्रै निशाना बनाउने कार्यको विरोध गरेका छन् ।
तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का, सोलुखुम्बुका अध्यक्ष अशोक झा, सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामा, काभ्रेका अध्यक्ष सुजन लामा, कैलाली अध्यक्ष दीपेन्द्र बम, डोल्पा अध्यक्ष तुलबहादुर बोहोरा, बारा अध्यक्ष लोकेश सिंह, नुवाकोटका अध्यक्ष सिंहराज तामाङ, अर्घाखाँचीका तरुण नेता कपिल पोखरेल, रुपन्देही तरुण नेता विजेश न्यौपाने, स्याङ्जाका तरुण नेता कमल घिमिरे, मकवानपुरका तरुण नेता राजेश भेटवाल, धादिङका तरुण नेता दिनेश लामा, काठमाडौंका तरुण नेता रत्न महर्जन, विवेक श्रेष्ठ, दिनेशबिक्रम शाह लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया