कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारको लामिछानेद्वारा प्रशंसा, प्रचण्डसँग भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र लामिछानेका बीच भेटवार्ता भएको हो । भेटमा के कुरा भएको थियो केही भनिएको छैन ।
तर, बालुवाटार निकट स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामको लामिछानेले प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री दाहालले रास्वपाका सभापति लामिछानेलाई सरकारमा सहभागी हुन पुन: आग्रह गरेका छन् । लामिछानेले सो विषयमा के जवाफ दिएका छन् केही भनिएको छैन ।
नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनको सरकारले अहिले गरेको भ्रष्टाचारविरुद्धको कारबाही र अभियानको सभापति लामिछानेले खुलेर प्रशंसा गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया