बालकृष्ण खाणबारे कांग्रेसको सुझबुझपूर्ण निर्णय
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा सहयोग गरेको भन्दै पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको सह–महामन्त्री जीवन परियारले बताएका छन् ।
खाणलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता पुष्टि भइसकेको छैन । खाणलाई अहिले नै निलम्बन गर्नु नपर्ने कुरा बैठकमा निष्कर्ष निकालिएको छ ।
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन’, परियारले भने, ‘त्यसलाई अभियुक्तका रूपमा लिइन्छ । अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो ।’
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै परियारले भने, ‘नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ ।’
‘दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन, निर्दोष पर्न हुन्न’, सह–महामन्त्री परियारले भनेका छन् । कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताएका छन् ।
‘हाम्रो पार्टीका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्याउनुभएको छ’, परियारले भने, ‘कांग्रेस दोषीलाई उम्काउने पक्षमा छैन, सत्यतथ्य छानबिन होस् । अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी एकमत छ ।’
उनले भने, ‘दोषी ठहरिए के गर्ने भन्ने अदालतको निर्णयपछि नै केही निर्णय होला । अदालतमा विचाराधीन विषयमा कांग्रेसले आधिकारिक धारणा अहिले नै बनाएर जान हुन्न ।’
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कुनै पनि विवाद नरहेको उनले बताएका छन् । बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो । कांंग्रेस विधानअनुसार पार्टीको आधिकारिक निर्णय केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै गर्न सक्छ ।
खाणलाई निलम्बन गर्नुपर्ने भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लबिङ गरिरहेका छन् । उनीहरूले खाणविरुद्ध उत्पात रुपमा मिडियाबाजी गरिरहेका छन् । खाणसँग प्रतिशोध साँध्ने गरेर महामन्त्रीद्वय थापा र शर्माले मिडियाबाजी गरेको आरोप छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके एमालेका नेता रायमाझी फरार छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाण भागेका छैनन् । उनले अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया