खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले श्रेष्ठसँग खुसीयाली मनाए
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन् ।
घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवा निकटका नेता खाण पक्राउ परेकोमा खुसी हुँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यावाद र बधाइ दिएका छन् ।
कांग्रेसका विभिन्न तहमा रहेका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमको प्रशंसा गरेका छन् ।
बुधबार गृहमन्त्रालय पुगेर नेताहरू डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायतका नेताहरू पुगेर गृहमन्त्री श्रेष्ठलाई बधाई तथा आभार व्यक्त गरेका हुन् ।
गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए ।
सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्याउन समेत नेताहरूले अनुरोध गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताएका थिए ।
राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा गृहमन्त्री श्रेष्ठले सफलता हासिल गरेको कांग्रेस नेताहरूले बताएका थिए ।
यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइसमेत उनीहरूको थियो ।
बुधबार मात्र नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया