फेक अडियो बनाउनेविरुद्ध कारबाहीको माग गरेर आरजुले दिइन व्यूरोमा निवेदन
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्यूरोमा निवेदन दिएकी छिन् ।
बुधबार नेतृ राणाले काठमाडौंको भोटाहिटीमा रहेको नेपाल प्रहरीको साईबार व्यूरोमा केही संचारमाध्याम र सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त फेक अडियोविरुद्ध उजुरी दिएकी हुन् ।
बदनीयत पूर्ण ढंगबाट आफ्नो बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै उनले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।
‘विभिन्न संचार माध्यामहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनानुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु’, नेतृ राणाले दर्ता गरेको निवेदनमा भनिएको छ ।
सामाजिक सञ्जालमा आएको भनिएको फेक अडियोलाई एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले समेत फेसबुकमा सेयर गरेका छन् । सो अडियोका विषयमा नेपाल प्रहरीले अनभिज्ञता जनाइसकेको छ ।
नेपाल प्रहरीले विज्ञप्ति जारी गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा जथाभावी नाम जोडेर चरित्र हत्या हुने गरेर समाचार नलेख्न अनुरोध गरिसकेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया