कान्तिपुरका मालिकलाई सुध्रिन चेतावनी, नत्र विजनेस पार्क र मण्डीखाटारको साम्राज्य ढाल्ने धम्की
काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले ‘कान्तिपुर मिडिया ग्रुप’ अर्थात कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियालाई सुध्रिन चेतावनी दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष जैसीले सिरोहियालाई श्रमजीवी पत्रकारहरूका विरुद्ध हर्कत नगर्न चेतावनी दिएका हुन् । सिरोहियाले जिल्लाका रिपोर्टरलाई निकाल्ने र केन्द्रमा रहेका पत्रकारहरूको तलब बाहेकको सुविधा काट्न खोजेको भन्दै अध्यक्ष जैसीले आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘कथित कैलाश भगवान (सिरोहिया)फेरि भिखारी भए रे ! कि कर्मचारी कटौती गर्नेकि तलब घटाउने भन्छन् रे !!’
‘गोरखापत्रमा करारलाई मापदण्ड बनाएर स्थायी प्रकियामा लैजाने हाम्रो संगठनसँग सहमति भइरहँदा यता कान्तिपुरमा भने जिल्लाका स्थायी ३० जना र केही करार पत्रकारलाई निकाल्ने र थापाथली बिजनेस पार्कमा बढि तलब खाएर काम गर्नेको स्केलबाहेकको भत्ता घटाउने कैलाश सिरोहियाले छोरालाई सँगै राखेर विभागीय हाकिमहरूलाई सुनाएका छन् ।’
‘आफूलाई कैलाश पर्वतको महादेव ठान्ने कैलाशले हेक्का राखुन्, कोभिडमा घाटा भो भनेर सरकारबाट सहुलियत दरमा २० करोड रकम लिएर छोराको लगानी भएको ई–सेवामा लगानी थप्ने, ईन्सुरेन्सहरूमा लगानी गर्ने, अनि सुन तस्करीसँग व्यवसाय साझेदार गर्दै कान्तिपुर घाटामा गयो भन्ने बहानामा कर्मचारी कटौती र तलब घटाउने घटिया योजना तुरुन्त हटउ’, अध्यक्ष जैसीले चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘नत्र तिम्रो बिजनेश पार्कको कार्यालय र कथित कैलाश भगवान बस्ने मण्डीखाटारमा श्रमजीवी पत्रकार संघको नेतृत्वमा धर्ना, घेराउदेखि प्लेकार्ड प्रदर्शन, कैलाश भगवानका कान्तिपुर गोइका दाजुसँग खरिद गरेदेखि अहिलेसम्मका सबै कर्तुत् भण्डाफोर लगायतका कार्यक्रम गर्ने छौं ।’
‘हैन साँच्चै कैलाश दाई भिख माग्ने स्थितिमा पुगेकै हुन् भने यसअघि २/२ रुपियाँ उठाएर बाकसमा जम्मा गरि उनलाई विजनेसपार्कमा बुझाएकै हैन त प्रधानसम्पादक ज्यू ?’, संघका अध्यक्ष जैसीले प्रश्न गर्दै भनेका छन् ।
सिरोहियाले कान्तिपुर मिडिया ग्रुप खडा गरेर विभिन्न धन्दा चलाइरहेका छन् । सिरोहियाको धन्दाको विरोधमा खुलेर आन्दोलन चलाउने जैसी मात्रै हुन् । अरु सबै मुखमा दही जमाएर बसेका छन् । आरोपहरूका बारेमा प्रतिक्रिया लिन सिरोहियासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया