प्रचण्ड र ओलीबीच भेट, नक्कली भुटानी शरणार्थीको फिल्म देखाउन चेतावनी
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा आफू निकटका व्यक्तिहरू परेपछि निकै तनाबमा परेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा सोमबार ओलीले प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् । संवैधानिक परिषदको बैठकपछि दाहाल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा के कुरा भयो केही भनिएको छैन ।
तर, एमालेका अध्यक्ष ओलीले पत्रकारहरूसँग रिल तयार नभएको भन्ने जवाफ दिएका छन् । उनले भने, ‘रिल तयार भएको छैन रे !’
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी काण्डमा ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका छन् । ओलीले एमालेका नेताहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा नचलाउन आग्रह गरेको स्रोतले जनाएको छ ।
एमालेका सचिव टोपबहादुर रायमाझी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लगायतका एमालेका नेताहरू फस्ने भएपछि ओली तनाबमा छन् ।
ओलीलाई प्रहरीले नक्कली भुटानी शरणार्थी काण्ड छाननिव गरेको कुरा मन परेको छैन ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया