नाङ्गै–बुङ्गै बनेका अमरेशलाई जेल हाल्ने तयारी, ठाकुरले दिए भ्रष्टाचारको प्रमाण
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई संसदभित्र कपडा निकालेर नाङ्गै बनाएका छन् ।
सोमबार संसद बैठक चलिरहेका बेला सिंहले सदनमा उठेर आफूले लगाएको कपडाहरू खोलेकाहुन् । उनले कम्मरभन्दा माथिको सबै कपडा निकालेका थिए ।
सिंहको निच हर्कतदेखेर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन निर्देशन दिएका हुन् ।
उनले सभ्य नभए नियमानुसार कारबाही गर्ने जानकारी गराए । सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् । सिंहले उठेर आफूले लगाएको सर्ट र सेण्डो उतारेर अर्धनग्न बनेका थिए ।
सभामुख घिमिरेले बैठकमा विशेष समय र आकस्मिक समयको प्रवर्द्धन नगरेको जानकारी गराएपछि सांसद अमरेशकुमार सिंह र प्रेम सुवालले समय माग गरेका थिए ।
सभामुखले समय नदिएपछि त्यसको विरोधमा सांसद सिंहले सर्ट फुकालेर अर्धनग्न भएका हुन् ।
यसैबीच, स्वतन्त्र सांसद सिंहविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ । सर्लाहीका स्थानीय हाल भक्तपुर बस्दै आएका विकास ठाकुरले सिंहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
सिंहकै निर्वाचन क्षेत्रका ठाकुरले सांसद सिंहले कमाइ गरेको अकुत सम्पत्तिका विषयमा छानविनको माग गरेका छन् । उनले सिंहलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
अख्तियारले छानविन गरेर दोषी पाएमा विशेष अदालतमा मुद्धा चलाउनेछ । अदालतले उनलाई जेल पनि हाल्न सक्छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया