दुई दिन आईजीपीसँग घुमेका भण्डारीले सुइको पाएनन्, एयरपोर्टबाट पक्राउ, अर्का नटवरलाल हेडक्वारतिर हल्लिदै
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गुल्मी जिल्ला स्थायी घर भएका ४० वर्षीय मदनबाबु भण्डारीलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
भण्डारीलाई लिखतसम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी मुख्यालय नक्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गुल्मीको ईश्मा गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर, तीनकुने भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले भण्डारीलाई लिखतसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरेको जनाएको छ ।
भण्डारीलाई निवर्तमान आईजीपी धिरजप्रताप सिंहले निकै च्यापरेर संरक्षण गरेर राखेका थिए । सिंहले नै भण्डारीका बच्चालाई प्रहरीको विद्यालयमा कीर्ते कागजका भरमा भर्ना गरिदिएको चर्चा छ ।
भण्डारीले आफूविरुद्ध प्रहरीमा सरकारी काजगपत्र कीर्ते गरेको सुइको समेत पाएनन् । सुइको पाएको भए उनले आईजीपी बसन्तबहादुर कुँवर पूर्वआईजीपी धिरजप्रताप सिंहको पावर लगाएर बच्ने प्रयास गर्ने थिए । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको पनि चाल पाएनन् । पहिला पहिला प्रहरीभित्र हुने हरेक कुराको जानकारी पाउने गरेका भण्डारीले पक्राउ पुर्जी जारी भएको चाल नपाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फबाट शनिबार पक्राउ परेका हुन् ।
भण्डारी उपर ईलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा २०७० वैशाख २७ गते ठगीसम्बन्धि कसूरमा मुद्दा समेत चलेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।
भण्डारीको कसूरका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
भण्डारीले कान्छी पत्नीसँगको विवाह दर्ता र कान्छीतर्फ जन्मिएका बच्चाहरूको जन्मदर्ता नक्कली बनाएको अभियोग लागेको छ । भण्डारीकी जेठी पत्नीबाट छोरा छन् । जेठी पत्नीले गाउँमा घर सम्हालेर बसेकी छिन् ।
गाउँपालिकाको कागजपत्रहरू कीर्ते गरेर नेपाल प्रहरीको विद्यालयमा पेश गरेर बच्चालाई अध्ययन गराएको अनुसन्धानबाट खुलेको छ ।
भण्डारीले पत्रकारिता गर्दै आएका थिए । पक्राउ पर्नुभन्दा दुई दिन अगाडि भण्डारी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग विभिन्न ठाउँमा हिँडेका थिए । प्रहरीका बारेमा सूचनाहरू लिक गर्नेदेखि आफूलाई मन नपरेका प्रहरी अधिकारीविरुद्ध लाग्ने गरेको आरोप पनि भण्डारीले लाग्दै आएको थियो ।
भण्डारीले धेरै प्रहरीका व्यक्तिलाई दु:ख दिएका थिए । अहिले आएर सरकारी कागज दुरुपयोग गरेको अभियोगमा पक्राउ परेपछि भण्डारी नराम्रोसँग फसेका छन् ।
यसैबीच, भण्डारीकै जस्तो चर्तिकला गर्ने अर्का नटवरलाल पनि छन् । तत्कालीन राप्ती अञ्चलतिर घर भएका ती नटवरलाल दिनभरि नेपाल प्रहरीको हेडक्वाटर नक्सालमा रहन्छन् ।
आईजीपी कुँवरसहितका उच्च अधिकारीसँग उनको निकै हिमचिम छ । आफूलाई पत्रकार बताउन ती नटवरलालले निवर्तमान आईजीपीलाई आफ्नो जन्मदिनका अवसरमा क्लवमा राखेर दारु पार्टी समेत गरेका थिए । उनको धन्दा पनि क्रमश: खुल्ने तयारीमा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया