आरजु-मञ्जुको फेक अडियो महेश बस्नेतद्वारा सेयर, प्रहरीद्वारा अनुसन्धान
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेकपा (एमाले)का नेताहरूको संलग्नता देखिन थालेपछि फेक अडियो रेकर्ड गराएर नेपाली कांग्रेसका केही नेताहरूलाई बदनाम गराउने अभियान सुरु गरिएको छ ।
एमालेबाट भक्तपुरमा लज्जास्पद हार बेहोरेका नेता महेश बस्नेतले एउटा यस्तै फेक अडियो सार्वजनिक गरेका छन् । जसमा कसले कोसँग कुरा गरेको हो भन्ने नै नखुलाई कांग्रेस केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाणलाई जोडिएको छ ।
प्रहरी विषेश व्यूरोले दिएको रिपोर्ट अनुसार हालै सार्वजनिक गरिएको अडियो शनिबार रेकर्ड गरिएको फेक अडियो हो ।
उक्त अडियो कसले रकर्ड गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
उक्त फेक अडियोमा अमुक दुई जना व्यक्तिबीच कुराकानी भएको र त्यहाँ आरजु र मञ्जुको नाम मुछिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानले नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेस नेताहरूलाई पनि बदनाम गराउने उदेश्यले यस्तो फेक सुटिङ गराएर फोन रेकर्ड गरिएको हो ।
‘आरजु राणा र मञ्जु खाणलाई मुछेर सार्वजनिक गरिएको अडियो केही दिनअघि मात्रै रेकर्ड गरेको भेटिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘कसले रेकर्ड गराएको हो र त्यो आवज कसको हो भन्ने हामी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौं ।’
अडियोमा मञ्जु खाणलाई अनामनगरको घरमा गएर ६ करोड दिएको भनिएको छ, जवकी मञ्जु खाण कोभिड सुरु भएदेखि विगत ४ वर्षदेखि नै चावहिलमा बस्दै आएकी छिन् ।
यही फेक अडियोलाई लिएर केही संचार माध्यामहरूले समाचार बनाएकोमा पनि अपत्ति जनाइएको छ ।
‘समाचार लेख्नुअघि त्यसको भेरिफिकेशन गर्नुपर्ने संचार माध्यामको आरधाभुत दायित्व हो’, ती प्रहरी अधिकृतले भने, ‘जसले जे सार्वजनिक गर्यो त्यसैलाई समाचार बनाउने प्रपोकाण्डबाट संचार क्षेत्र पनि चनाखो हुनुपर्छ । यसले संचार जगतकै विश्वसनीयता हराउँछ ।’
प्रहरीले नक्शकली रणार्थी काण्डमा यस्ता फेक समाचारहरू धेरै आउँन सक्ने भएकाले सचेत हुन पनि अनुरोध गरेको छ ।
प्रहरी सो अडियोका विषयमा अनुसन्धान शुरु गरिसकेको छ । फेक अडियो सेयर गर्ने र फेक अडियोलाई आधार बनाएर समाचार बनाउनेहरूविरुद्ध कानूनी उपचार खोज्न थालिएको छ । एमालेका नेता बस्नेत पनि फस्न सक्ने प्रहरी स्रोतको भनाइ छ ।
एमालेका नेताहरू नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ पर्नेदेखि अनुसन्धानमा तानिएपछि महेश बस्नेतहरूलाई तनाब भएको छ ।
कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मञ्जले सो अडियोका बारेमा अनुसन्धान गर्न सरोकारवाला निकायलाई अनुरोध गरिसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया