भुटानी शरणार्थी काण्डमा ओली बेचैन, प्रचण्डसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

शनिबार ओलीले दाहालसँग भेटवार्ता गरेका हुन् । दाहाल र ओलीबीच यो हप्ताभित्र दुई पटक भेटवार्ता भएको छ ।

उनीहरूका बीच संवैधानिक परिषदको बैठक सोमबार बस्ने सहमति भएको छ । प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ ।

यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषदको बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेन ।

केही महिनादेखि नै सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहँदा संवैधानिक परिषद्का लागि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब देखिएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उप–सभामुख रहने व्यवस्था छ ।

यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा पनि ओलीले प्रधानमन्त्री दाहालसँग कुरा गरेका छन् ।

ओलीको पार्टीका नेताहरू धमाधम मुछिएपछि उनीहरूलाई बचाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बुझिएको छ ।

आलोचकहरू एमालेका सचिव टोपबहादुर रायमाझी, उपाध्यक्ष रामबहादुर थापा, एमालेका अध्यक्ष ओलीका स्कीय सचिव राजेश शाक्य मुछिएको जनाएका छन् ।

Published : Saturday, 2023 May 6, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया