कांग्रेसको निर्णयले एमाले र कांग्रेसकै नेताहरू तनाब, दोषीलाई संरक्षण नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरूलाई हदैसम्म कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंको धुम्बाराहीमा बसेको कांग्रेसको पदाधिकारी बैठकले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको काण्डमा दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
अर्थमन्त्री समेत रहेका कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
उनले भने, ‘यस्तो जघन्य अपराध भयो भन्ने खबर आइरहेको छ । यो अमानवीय र आपराधिक काम हो । को–को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला ।’
‘हामी चाहन्छौं कि, जो–जो आपराधिक क्रियाकलापमा संलग्न छन्’, डा.महतले भने, ‘उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन् ।’
उनले भने, ‘गैरकानूनी क्रियाकलापलाई कहीँकतै पनि राज्य संयन्त्रले संरक्षण गर्न सक्दैन, कल्पना पनि गर्न सकिँदैन ।’
प्रवक्ता डा.महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ । त्यसमा यो ऊ भन्ने कुरा नै छैन ।’
यसैबीच, कांग्रेसका नेता डा.शशांक कोइरालाले उप–निर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् ।
उनले उप–निर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका छन् ।
उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’
पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुन सक्ने सम्भावना रहेको डा.कोइरालाले बताएका छन् ।
उनले भने, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’
डा.कोइरालाले उप–निर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको बताएका छन् ।
एमाले र कांग्रेसका नेताहरू नक्कली भुटानी शरणार्थी काण्डमा परेका बेला कांग्रेसले दोषीलाई कारबाही गर्नुपर्ने निर्णय गरेपछि तस्करीमा अपराध र संलग्नहरूलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया