एमालेका सचिव तथा पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप पक्राउ
काठमाडौं । एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन् ।
नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीपलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको स्रोतले जनाएको छ ।
पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । पूर्वमन्त्री रायमाझी गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जान्छु भनेर हिँडेका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा पूर्वमन्त्री रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।
गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया