कांग्रेस सभापतिहरूको भेलाको कमाण्डर बानियाँ, बनाइए ९ समिति
हेटौँडा । नेपाली कांग्रेसले असार पहिलो साता हुन लागेको जिल्ला सभापतिहरूको भेलाका लागि विभिन्न समितिहरू बनाएको छ ।
कांग्रेस पार्टी हेटौँडा मकवानपुरमा बिहीबार बसेको विशेष बैठकले असार ५, ६ र ७ गते हेटौँडामा हुन लागेको जिल्ला सभापतिहरूको भेला तयारीका लागि विभिन्न ९ वटा समिति गठन गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्मा, मकवानपुर जिल्ला कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूको बैठकले तयारीका विषयमा छलफल गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला सभापतिहरूको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँले विभिन्न ९ वटा समिति बनाइएको जानकारी दिए ।जिल्ला सभापतिहरूको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीयस्तरमा विभिन्न समितिहरू गठन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी लिए ।
विज्ञप्तिअनुसार प्रचार समितिको संयोजकमा प्रदीप कोइराला, सांस्कृतिक एवम् अतिथि समन्वय समितिको संयोजकमा आनन्द पराजुली, मञ्च व्यवस्थापन समितिको संयोजकमा गोपीलाल विश्वकर्मा, स्वयंसेवक समितिको संयोजकमा अर्जुन तिवारीलाई चयन गरिएको छ ।
त्यसैगरी सचिवालय एवं मिडिया सेन्टर संयोजन समितिको संयोजकमा वुद्ध लामा, स्वास्थ्य समितिको संयोजकमा राजीव सुवेदी, आवास व्यवस्थापन समितिको संयोजकमा भरत पराजुली, खाद्यान्न प्रबन्ध समितिको संयोजकमा रामबाबु बानियाँ र प्रदेश संयोजन समितिका संयोजकमा विष्णुप्रसाद लामिछानेले जिम्मेवारी पाएका छन् ।
विशेष वैठकसँगै जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको स्थानीय तयारीको कार्य प्रारम्भ भएको छ ।
उद्घाटन समारोह एवम् बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरू स्थानीय पलपसा हलमा हुनेछ ।भेलामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको पराजय, भावी कार्यक्रम र सुझावहरू दिने विषयमा छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत