१८ करोडबाट गगनको फिलिम सुरु भइसक्यो, भिसी नियुक्ति काण्ड पनि आयो : मोहन बस्नेत
गोरखा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले न्यायालयले संविधान र कांग्रेसको विधान हेर्ने हो भने देउवा पक्षले आधिकारिकता पाउने बताए ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा गोरखा जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘रुख चिन्हको कुरा छ । न यता छ, न उता छ । रुख अदालतमा छ ।’
‘नेपालको संविधन र नेपाली कांग्रेसको विधान एक पटक फर्किएर हेर्नेवित्तिकै कोही सम्मानित न्यायाधीशज्यूहरूले निर्णय गर्न, हाम्रा खिलाफमा गर्नु हुन्न,’ नेता बस्नेतले भने ।
‘नेपाली कांग्रेस पार्टीलाई फिल्मी शैलीमा विदेशीहरूको इशारामा, लगानीमा भन्ने कुरा १८ करोडबाट प्रष्ट भइसकेको छ,’ उनले भने, ‘चटेकहरूलाई सत्तामा ल्याउनु थियो । एउटा चटकेहरूलाई सत्तामा ल्याउन अर्को चटेकहरूलाई प्रयोग गरिएको हो । कुरा यत्ति हो ।’
‘१८ करोड गगन थापाजीको इतिहासमा एउटा ट्रेलर हो । फिलिम आउन बाँकी छ भनेको थिएँ । फिलिम सुरु भयो कि भएन अब ? फिलिम सुरु भइसक्यो,’ बस्नेतले भने, ‘अब यो फिलिम हेरेर हलबाट बाहिर निस्कने बेलामा गगन थापाजीप्रति आक्रोश पोख्ने र आँखा तर्ने बाहेक कोही हुँदैनन् ।’
नेता बस्नेतले गगन थापा लक्ष्मीप्रति आशक्त रहेको बताएका छन् । उनले भने, ‘गगन थापाले सम्हालेको मन्त्रालयमा खोजीनीति गर्ने हो भने दुई दर्जनभन्दा धेरै मुद्दा गगन थापाविरुद्ध स्वास्थ्य मन्त्रालयका लाग्छन् ।’
‘म जाने बेलामा धेरै स्वास्थ्य सामग्रीहरू खरिद गरेर त्रिपालले ढाकेर राखेको छ भनेका थिए, विभिन्न अस्पतालहरूमा । लिस्ट मागे । सामान नभएको ठाउँमा सबै बाँडिदिएँ । सामान खरिद गर्ने बेला आउने रहेछ,’ नेता बस्नेतले भने,‘विभिन्न शीर्षकमा भएको पैसा सबै सामान किन्न खर्च ।’
नेता बस्नेतले भने, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काण्ड सबैले सुन्नुभएको छ । मदनबहादुर अमात्य दाईले बोल्दा पाटन अस्पतालको भिसी काण्ड भन्नुभएको छ । म पनि स्वास्थ्यमन्त्री भएको थिएँ । नियुक्ति पनि गरेको थिएँ । एक रुपियाँ खाइन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया