हत्यारा ढुंगेल प्रकरणमा राष्ट्रपतिविरुद्ध कांग्रेसले खोल्यो ‘फायर’

काठमाडौं । हत्यारा बालकृष्ण ढुंगेलको आममाफी प्रकरणमा नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ । कांग्रेसले मदन भण्डारीको हत्यारा भएको व्यक्ति भए उसले आममाफी पाउँथ्यो वा पाँउदैनथ्यो भनेर राष्ट्रपतिको भण्डारीको कदममाथि प्रश्न उठाएको हो ।

कांग्रेस मुख्यालय सानेपामा बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अमुक व्यक्ति गणतन्त्र दिवसको दिन छुट्नुभएछ, म उहाँको नाम लिन चाहन्न, यसलाई यतिमात्र प्रश्न दिए पुग्छ, सम्माननीय राष्ट्रपतिज्यूको टेबलमा उहाँ आफैँले आशंका गरेजस्तो स्वर्गीय सम्मानित नेता मदन भण्डारीजीको निधनका पछिल्तिर यदी हत्याको कारण थियो र टेबलमा यो प्रस्तावित भएको थियो भने आममाफीको लागि उहाँले हस्ताक्षर गर्नुहुन्थ्यो ? कि गर्नुहुन्नथ्यो ?’

उनले चालचलन ठीक भनेको के ? भन्दै थप प्रश्न गरे, ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दा फरक केश, अदालतमा फैसला भएको केश, अदालतमा हेर्दाहेर्दैमा रहेको केश, विचाराधीन रहेको केशलाई भोलिपल्ट चालचलन ठीक ? चालचलन ठीक भनेको के हो ? अदालतले दिएको फैसला मान्दिन, जेलमा बस्न तयार छैन भनेर अस्वीकार गरेर भागेर हिँड्ने कुरा चाहिँ चालचलन ठीक भएको कुरा हो ?’

उनले भरतपुर महानगरपालिकामा गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी नेतृ रेणु दाहाललाई मेयरमा सघाएको प्रति अप्रत्यक्ष रुपमा व्यङ्य गर्दै भने, ‘माओवादीको छोरी काँधमा बोकेर हिँड्नु चाहिँ कांग्रेसको समाजवाद रैछ भनेर हाम्रो नेताले केही समय अघि भन्नुभएको थियो, अहिले माओवादीकी छोरीको बाबुको नाम उल्लेख गर्न चाहन्न, त्यसभन्दा चाहिँ भारी अहिले जेलबाट छुटाएर ल्याएको भएको छ । के यही हो जनवाद ? भनेर म सोध्न चाहन्न ।’

उनले त्यो सर्न्दभलाई लिएर कांग्रेसको समाजवादको टिप्पणी गर्नु पनि गलत हुने र ढुंगेलको रिहाइको विषयलाई लिएर बहुदलीय जनवादको त्यसरी आलोचना गर्नु पनि गलत हुने बताए ।

उनले आममाफी दिने प्रवृति ठीक नभएको संकेत गर्दै भने, ‘यो कुरा चाहिँ न्यायको दृष्टिले, संविधान पालनको दृष्टिले, न्यायीक सर्वोच्चताको दृष्टिले विधीको शासनको दृष्टिले सर्वथा गलत छ । गणतन्त्र दिवसको दिन त्यो किसिमको उपहार प्रस्तुत गर्नु, पहिलो पटक कम्युनिष्टहरुको बहुमतको सरकार आउनु, पहिलो पटक गणतन्त्र दिवस मनाउनु र पहिलो पटक यो चरित्र प्रस्तुत गर्नु यसले बिहानीले साँझको संकेत गर्छ भनेजस्तै यसले गलत संकेत गरेको छ ।’

Published : Thursday, 2018 May 31, 11:04 am

2 प्रतिकृया प्राप्त “हत्यारा ढुंगेल प्रकरणमा राष्ट्रपतिविरुद्ध कांग्रेसले खोल्यो ‘फायर’”

  • रास्ट्र प्रमुख ले नै अपराध मा साबिती हुदा पनि माफी दिन्छन् भने
    अन्य राजनीतिक पार्टी ले भ्रस्टाचार मा परेका आफ्ना पुराना कार्यकर्ता
    हरु लाई माफी दिदा कसो होला ?
    अब देशमा यस्तै मात्र गर्ने लाई नि जनता ले हाई हाई भन्दा रहेछन् ….

  • राष्ट्रपति विद्यादेवी ज्यु, कानुनलाई अाखाँमा कालोपट्टी
    अरुको हित त गरिदिनुु भो। अब अाफ्नो लागि पनि केही गर्नुहोस् कि सच्चा इमानदारी क.मदन भण्डारीको दुर्घटना होकि, षडयन्त्रकारी हत्या? यति खेर पनि तपाईको पउँज नभए कहिले? सत्यतत्थ जनसमुदायलाई दिनु भएमा हजुरको त्यो पदको सम्मान र स्व.क.मदन भभण्डारी ज्यु अात्माले शान्तिको सास फेर्नेछ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया