ओलीको पेलानमा माओवादी, अब एकीकरण नगर्ने !

काठमाडौं । पार्टी एकताको नजिक रहेका एमाले र माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको हो ।

बजेट निर्माण तथा हाल संसदमा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहतमा ल्याउनेलगायत सरकारको निर्णय प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

माओवादी सचिवालय सदस्य मणि थापाले एमाले नेतृत्वले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै कार्यशैलीप्रति आशंका व्यक्त गरे । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बजेट निर्माण प्रक्रिया र श्वेतपत्र जारी हुँदा आफूहरूसँग कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि पोखे ।

माओवादी सचिवालय सदस्य तथा सांसद देवेन्द्र पौडेलले पनि सत्तारुढ दलमा बजेटबारे आवश्यक छलफल नभएको बताए ।

Published : Monday, 2018 May 14, 10:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया