कांग्रेसको कार्यालय र जग्गा कब्जा गर्नेविरुद्ध अदालतमा मुद्धा, पूर्वमन्त्री फन्दामा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकार श्रेष्ठले कब्जा गरेको कांग्रेसको पार्टी कार्यालय र जग्गा फिर्ता माग गरेर ललितपुर कांग्रेसले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ ।
नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले जिल्ला अदालत ललितपुरमा बिहीबार कांग्रेसको पार्टी कार्यालय र एक रोपनी जग्गा नेता श्रेष्ठसँग फिर्ता गराइँ पाउँ भनेर मुद्दा दर्ता गरिएको महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नं. १४ नख्खीपोटमा रहेको कांग्रेसको पार्टी कार्यालयको भवन र एक रोपनी जग्गा नेता श्रेष्ठले आफ्नो नाममा राखेका छन् ।
कांग्रेसका एकजना शुभेच्छुकले दानमा दिएको सो जग्गा र घरलाई कांग्रेसका तत्कालीन सभापति समेत रहेका पूर्वमन्त्री श्रेष्ठले आफ्नो नाममा राखेका थिए ।
कार्यालय र जग्गा फिर्ता गर्न कांग्रेस ललितपुरले पटक–पटक आग्रह गर्दा पनि अटेर गरेका नेता श्रेष्ठविरुद्ध सभापति अमात्यले अदालतमा मुद्दा दायर गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका श्रेष्ठ ०४६ सालताका ललितपुर कांग्रेसको दुई पटक सभापति भएका थिए । त्यस बेला पनि श्रेष्ठले कांग्रेसको नाममा ग्वार्कोमा रहेको एक रोपनी जग्गा र पार्टी कार्यालय समेत बिक्री गरेर पैसा हिनामिना गरेको आरोप कांग्रेसका कार्यकर्ताहरूले लगाउँदै आएका छन् । ग्वार्कोको जग्गा र कार्यालयको हिसावकिताव पनि ललितपुर कांग्रेसले श्रेष्ठसँग माग गरेका छन् ।
हालैसम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ललितपुर २ मा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाललाई सहयोग गरेर जिताएका श्रेष्ठलाई ललितपुर कांग्रेसले कारबाहीको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । पछिल्लो समय श्रेष्ठ कांग्रेसविरुद्ध गतिविधि गर्दै आएका छन् ।
श्रेष्ठ ०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषदमा उद्योगमन्त्री थिए । ०५७ सालमा श्रेष्ठ नागरिक उड्डयन तथा पर्यटन मन्त्री बनेका थिए ।
०५७ सालमा पर्यटनमन्त्री रहेका श्रेष्ठले एमालेका तत्कालीन सांसद राजेन्द्रप्रसाद पाण्डेलाई संसदभित्रै कुटपिट गरेका थिए । कुटपिटबाट सांसद पाण्डेको टाउकोमा चोट लाग्दा एकदर्जन टाँका लगाउनु परेको थियो ।
1 प्रतिकृया प्राप्त “कांग्रेसको कार्यालय र जग्गा कब्जा गर्नेविरुद्ध अदालतमा मुद्धा, पूर्वमन्त्री फन्दामा”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Good for him