कांग्रेस उप–सभापति नितुद्वारा अति विपन्न परिवारलाई कम्बल वितरण
बेलबारी । नेपाली कांग्रेसकी युवा नेतृ नितु थापा कोइरालाले अति विपन्न परिवारलाई चिसोबाट बच्नका लागि ओढ्ने (ब्ल्याङकेट) वितरण गरेकी छिन् ।
आइतबार कांग्रेस नेतृ थापाले मोरङ जिल्लाको बेलबारी नगरपालिका–६ का विपन्न परिवारलाई कम्बल वितरण गरेकी हुन् ।
अत्याधिक चिसो बढेपछि वडा नं. ६ का अति विपन्न परिवारहरू समस्यामा थिए । उनीहरूलाई सानो सहयोग होस् भनेर कम्बल वितरण गरेको थापाले बताएकी छिन् ।
नेपाली कांग्रेसको बेलबारी नगर कार्यसमितिकी उप–सभापति समेत रहेकी नेतृ थापाले अति विपन्न २० परिवारलाई कम्बल वितरण गरेको जनाएकी छिन् । उनले बालबालिकालाई विस्कृत पनि वितरण गरेकी थिइन् ।
कांग्रेस नेतृ थापा श्रमिक महिला समूह बेलबारीकी अध्यक्ष पनि हुन् ।
थापाले बेलाबेला विपन्न परिवारलाई विभिन्न सहयोग गर्दै आएकी छिन् । कांग्रेसको राजनीतिमा सक्रिय रहेकी थापाले आफूलाई समाजसेवामा केन्द्रित बनाउने गरेकी छिन् ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया