लिपुलेकमा सडक बनाउन खोजेपछि देउवा सरकारले भारतलाई पत्र पठायो
दार्चुला । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुन्नमा आएको बताएका छन् ।
बिहीबार गृहजिल्ला दार्चुलामा पत्रकार सम्मेलन गरेर मन्त्री बडुले भारतीय पक्षले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाउन लागेको सुन्नमा आएको बताए ।
मन्त्री बडुले भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराएको बताएका छन् ।
‘नरेन्द्र मोदी ज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसङ्ग जोडिएको छ’, उनले भने, ‘प्रसङ्ग जे भएपनि त्यो हाम्रो भूमि हो ।’
भारतीय प्रधानमन्त्री मोदीले पुस १५ गते उत्तराखण्ड राज्यको नैनीताल जिल्लाको हल्द्वानी शहरमा आयोजित कार्यक्रममा लिपुलेकमा भारत सरकारले सडक बिस्तारको काम गरिरहेको अभिव्यक्ति दिएका थिए ।
यस विषयमा नेपाल सरकारले हालसम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया