पूरै मुलुकको ध्यान तानेको काण्डका मान्छेहरू छुटे
काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी छुटेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता गरिदिएपछि सुवेदीका पति र पत्नी छुटेका हुन् । मंगलबार सुवेदी दम्पत्तिलाई सीआईबीले आफन्तको जिम्मा लगाएर छाडेको छ ।
सुवेदीलाई सीआईबीले उनकी श्रीमती माधवी सुवेदीसहित पक्राउ गरेको थियो । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् ।
सरकारी वकिल कार्यालयको निर्देशनमा खोजेको समयमा उपस्थित हुने गरी सुवेदीका पति र पत्नीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन् ।
बालुवाटार जग्गा काण्डमा मुछिएका बिचौलिया शोभाकान्त ढकाल जेलमा छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया