कांग्रेसद्वारा वीरगञ्जमा शक्ति प्रदर्शन, माग सुनेर लालबाबु सरकारलाई तनाब
वीरगञ्ज । नेपाली कांग्रेसले प्रदेश नं. २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउन माग गरेर प्रदर्शन गरेको छ ।
मंगलबार पर्सा कांग्रेसका कार्यकर्ताले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गरेर प्रदर्शन गरेका हुन् ।
कांग्रेसले निकालेको जुलुस माइस्थान, घण्टाघर, आदर्शनगर हुँदै नगरको परिक्रमा गरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीले जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगञ्जलाई कुर्सीसँग बेच्न पाइँदैन, मुख्यमन्त्री लालबाबु मुर्दावाद, विधायकहरू होसियारलगायतका नारा लगाएका थिए ।
कांग्रेसका नेताहरूले भौतिक पूर्वाधार, विकासको सूचकांकलगायत हरेक दृष्टीकोणले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको जनाएका छन् ।
उनीहरूले प्रदेश नं. २ को राजधानी वीरगञ्ज बन्नुपर्ने माग गर्दै नेताहरूलाई दवाव दिएका छन् ।
पर्सा कांग्रेसका कोषाध्यक्ष इम्तियाज आलमले वीरगञ्जलाई राजधानी चाहिएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया