२६ जना एसएसपीहरूको सरुवा, काभ्रे काण्डका जोशी रामशाहपथ र सिंह हेडक्वाटर पुगे
काठमाडौं । गृह मन्त्रालयले २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सुरुवा गरेको छ ।
बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट एसएसपीहरूको सरुवा भएको हो । उमेशराज जोशीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, बनेपामा रहेका बेला जोशी विवादमा परेका थिए । घुमुवामार्फत जुवाडेसँग पैसा उठाएको काण्डमा परेका थिए ।
एसएसपी जोशीको ‘काभ्रे काण्ड’ले प्रहरीभित्र खैलाबैला, बयान दिँदादिँदै घुमुवा आजित
उनै जोशी राजनीतिक पावर लगाएर जोडजुलुम गरेर महानगरीय ट्राफिक महाशाखामा सरुवा भएका छन् । काभ्रे प्रहरीले घुमुवालाई पक्राउ गरेर अनुसन्धान समेत गरेको थियो । जोशीविरुद्धको छानविनलाई गुपचुप राखिएको छ ।
चक्रबहादुर सिंहको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा भएको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशीमा सरुवा गरिएको छ ।
लालमणि आचार्यलाई नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा सरुवा गरिएको छ । अशोक सिंहको प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएको छ ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया