कांग्रेसद्वारा सिन्धुपाल्चोकमा मोहन बस्नेतलाई सम्मान

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ ‘क’ले केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सम्मान र स्वागत गरेका छन् ।

बुधबार चौतारामा कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता बस्नेतलाई सम्मान र बधाई दिइएको हो । १४औँ महाधिवेशनमा नेता बस्नेत लोकप्रिय मतसहित केन्द्रीय सदस्य खुलातर्फ निर्वाचित भएका थिए ।

यसैबीच, नेता बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले सिन्धुपाल्चोकसहित देशभरि विजयी हासिल गर्ने बताएका छन् । उनले कांग्रेसलाई जिताउन जनताहरू आतुर रहेको बताएका छन् ।

नेता बस्नेतले आफूलाई मतदान गरेर विजयी बनाउने मतदाताहरूलाई धन्यावाद समेत दिएका छन् ।

Published : Wednesday, 2022 January 5, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया