शेखरको गुटको भेलामा विद्रोह हुने, ससुरा–ज्वाइँलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बोलाएको गुटको भेलामा बिद्रोह हुने भएको छ ।
शेखरले बुधबार काठमाडौंमा गुटको भेला बैठक बोलाएका छन् । भेलामा १४औँ महाधिवेशनमा शेखरको प्यालनबाट उम्मेदवार बनेर जितेका र पराजित भएका हरुवाहरूलाई बोलाइएको छ ।
गुटको भेला बस्नुभन्दा अगाडि शेखरले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा महामन्त्री गगनकुमार थापा, अर्जुन नरसिंह केसी, बलबहादुर केसीसहितका सीमित नेताहरूलाई बोलाएर गोप्य बैठक भएको थियो ।
महामन्त्री गगनकुमार थापा नेता अर्जुन नरसिंह केसीका ज्वाइँ हुन् । शेखरको गुटको बैठक र भेलामा ज्वाँइ र ससुरा जाने गरेका छन् ।
महाधिवेशनका बेला शेखर र गगनले पार्टीभित्र गुट र भागबण्डाको राजनीतिको अन्त्य भएको घोषणा गरेका थिए । अहिले आएर शेखर र गगनले गुटको भेला तथा गोप्य बैठकहरू राखेपछि उनीहरूको अनुहार उदाङ्गो बनेको छ ।
कांग्रेसभित्र रुपान्तरण ल्याउने नारा लगाएका गगनको यो हर्कतले युवाहरूमा निरासा छाएको छ ।
उप–सभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, चन्द्र भण्डारीसहितका नेताहरूले शेखरद्वारा बुधबार आह्वान गरिएको गुटको भेलामा नगएर विद्रोह गर्ने स्रोतले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया