दुई हप्ताभित्रै शेखरले देखाए कांग्रेसभित्र औकात, ससुरा–ज्वाइँका प्वाँख पलाउन थाल्यो
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगनकुमार थापासहित गुटको बैठक राखेर बबण्डर मच्चाएका छन् ।
मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा गुटको बैठक राखेर शेखरले सभापति शेरबहादुर देउवालाई असहयोग गर्ने निर्णय गरेका हुन् । शेखरको बैठकमा महामन्त्री थापाका साथै अर्जुननरसिंह केसी, बलबहादुर केसीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
शेखरको गुटको बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्जुन नरसिंह केसीले सभापति देउवाले एकलौटी गर्न खोजेको आरोप लगाए । उनले केन्द्रीय सदस्य मनोनयन र राष्ट्रिय सभाको टिकट वितरणमा एकलौटी गराएको ठहर गरिएको बताए ।
उनले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट बनाइएका उम्मेदवारका विषयमा पनि सल्लाह नभएको बताएका छन् । गुटको अन्त्य भएको र आफूले गुट नचलाउने भनेर घोषणा गरेका शेखर र गगनले गरेको हर्कतले धेरैको चित्त दुखाएको छ ।
शेखरले थप छलफल गर्न आफ्नो समूहका महाधिवेशनमा विजयी र पराजित नेताहरूको बैठक बुधबार २ बजे बोलाएका छन् ।
सभापति देउवाले महाधिवेशनमा पराजित केही नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेको भन्दै शेखरले असन्तुष्टि जनाएका छन् ।
यसैबीच, शेखरका पिए दिनेशचन्द्र थपलियाले गुटको बैठक बसेको कुरा अस्वीकार गरेका छन् । थपलियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शेखर कोइरालाले आज मंगलबार अहिले दिउँसो आफू निकट नेताहरूको बैठक बोलाउनु भएको भन्ने समाचार सत्य होइन ।’
शेखरले गुटको अन्त्य भएको बताए पनि बुधबार औपचारिक रुपमा गुटको बैठक राखेर आफैले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
शेखरले आफ्नो औकात देखाएका छन् । कांग्रेसभित्र एक्लिदै गएका शेखरले गगन र फेजआउट भइसकेका उनका ससुरा केसीसहितका केही सीमित नेताहरूलाई राखेर गुटको बैठक गरेको समाचार बाहिर आएका छन् ।
पिए थपलिया र शेखरका हर्कतले पछिल्लो समय कांग्रेसलाई कमजोर गराउँदै लगेको चर्चा हुन थालेको छ ।
शेखरको गुटको बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाले गर्दा सभापतिमा परातिज भएको भन्दै उनीहरूको आलोचना भएको छ ।
पिए थपलियाले सामाजिक सञ्जालमा लेखेको स्टाटसले कांग्रेसका इमान्दार नेता कार्यकर्ता र पत्रकारहरूलाई गुराहमा राख्न खोजेको भन्दै आलोचना भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया