गोकुल बास्कोटाको कुराले खुमलटारमा खुसीयाली
काठमाडौं । एमालका नेता गोकुल बास्कोटाले माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकोमा बधाइ दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका बास्कोटाले सोमबार ट्वीटमार्फत प्रचण्डलाई बधाइ दिएका हुन् । प्रचण्डको आलोचना गर्दै आएका बास्कोटाले शुभकामना दिएर माओवादीभित्र खैलाबैला ल्याइदिएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन काण्ड बाहिरिएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।
‘प्रचण्डको प्रस्ताबमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना’, एमालेका नेता बास्कोटाले ब्याङ्गात्मक रुपमा शुभकामना दिएका हुन् ।
माओवादीको निरन्तर नेतृत्वमा रहेका प्रचण्डले आफ्नो परिवारबाट चार जना केन्द्रीय सदस्य बनेका छन् ।
प्रचण्ड र उनको परिवारलाई लाभको पदमा जस्तो सुकै हर्कत गर्न तयार छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया