कांग्रेसले यी छ जनालाई दियो राष्ट्रिय सभाको टिकट

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि ६ जनाको नाम अनुमोदन गरेको छ ।

सोमबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको छ ।

प्रदेश नं. १ मा गोपालकुमार बस्नेतले टिकट पाएका छन् । बागमती प्रदेशमा कृष्णप्रसाद पौडेलले टिकट पाएका छन् । पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । उनी कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव पनि हुन् ।

गण्डकी प्रदेशमा कमला पन्तले टिकट पाएकी छिन् । महिलाको नाममा सबैभन्दा धेरै अवसर पाउनेमा पन्त पर्छिन् ।

कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङले टिकट पाएकी छिन् । लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रले टिकट पाएका छन् ।

कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउने निर्णय गरेको छ ।

Published : Monday, 2022 January 3, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया