यो हो देउवाको लोकतान्त्रिक संस्कार, आफूविरुद्ध उम्मेदवारी दिएका सबैलाई गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले महामन्त्रीमा पराजित भएका युवा नेता प्रदीप पौडेलसहितका नेताहरूलाई मनोनीत् गरेका हुन् । पौडेल युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

देउवाले जीवनबहादुर शाही र कल्याणकुमार गुरुङलाई पनि केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

यसअघि, शनिबार देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

देउवाले आफूविरुद्ध सभापतिमा उम्मेदवारी दिएका निधि, सिंह र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर लोकतान्त्रिक संस्कार देखाएका छन् ।

Published : Sunday, 2022 January 2, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया