सिन्धुपाल्चोक कांग्रेसमा को–को छन् जिल्ला सभापतिका उम्मेदवार ?
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि प्रेमध्वज लामा र वंशलाल तामाङले दाबी गरेका छन् ।
लामा र तामाङले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरूले आफूलाई मतदान गर्न आग्रह गर्दै प्रचार प्रसार गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवाको समर्थन लामालाई रहेको छ । तामाङलाई सभापतिमा पराजित शेखर कोइरालाको समर्थन रहेको छ ।
सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन पुस २७ हुने कार्यक्रम छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लामालाई समर्थन गरेका छन् । लामाले महाधिवेशन प्रतिनिधिमा बस्नेतपछि लोकप्रिय मतसहित जितेका थिए । सिन्धुपाल्चोक कांग्रेसमा नेता बस्नेतको समूह बलियो मानिन्छ ।
सभापतिमा उम्मेदवारी दिने तयारी गरेका लामा त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका उप–प्राध्यापक पनि हुन् ।
५३ वर्षीय लामाले जिल्ला सभापतिमा उम्मेदवारी दिनका लागि शुक्रबार पदबाट राजीनामा गरिसकेका छन् ।
लामा यसअघि नेविसंघ सिन्धुपाल्चोकको अध्यक्ष समेत भएका थिए ।
सभापतिमा उम्मेदवारी दिने तयारी गरेका तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष हुन् । तामाङ गाउँपालिका राष्ट्रिय महासंघका महासचिव हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया