सुन्दरीजल पुगेर देउवाले वीपीलाई सम्झिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता अझै बलियो बनाइने बताएका छन् ।
शुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजल पुगेर देउवाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता बलियो बनाउने बताएका हुन् ।
‘राष्ट्रिय एकताको आवश्यकता छ । राष्ट्रिय एकता अझै बलियो बनाउँछौं’, उनले भने, ‘कांग्रेसले नै यसको नेतृत्व लिनुपर्छ ।’
सभापति देउवाले नेपाल संघीय गणतन्त्रात्मक देश भएकोले सात प्रदेशबीच एकता पनि आवश्यक रहेको बताए ।
देउवाले मेलमिलाप नीतिको सान्दर्भिकता अझै रहेकोले यसलाई अगाडि बढाउनुपर्ने पनि बताएका छन् ।
सभापति एवम् प्रधानमन्त्री देउवाले सुन्दरीजलस्थित वीपी संग्राहलयमा वीपी कोइरालाको शालिकमा माल्यार्णपण गरेका थिए ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया