शिक्षा क्षेत्रका समस्याको समाधान कांग्रेसले गर्छ : सभापति बानियाँ

त्रिपुरासुन्दरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने बताएका छन् ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ छाप्थोकस्थित सुन्दरी माविको ६०औं वार्षिकोत्सव कार्यक्रममा बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताए ।

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

अब हरेक सामुदायिक विद्यालयले दक्ष एवम् प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने सभापति बानियाँले बताएका छन् ।

उनको सुन्दरी माविको शैक्षिक एवम् भौतिक सुधारका लागि पहल गर्नेे बताएका छन् ।

विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको प्रधानाध्यापक खड्कप्रसाद बुर्लाकोटीले जानकारी दिएका छन् ।

सभापति बानियाँले त्रिपुरासुन्दरी–६ आगिञ्चोकस्थित अस्थायी प्रहरी चौकीको समेत उद्घाटन गरेका छन् ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, कांग्रेस नेता तिलक रूवाली लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 December 24, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया