बलबहादुरको ‘शासन’ ढाल्ने आङगेलु कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आङगेलु शेर्पा निर्वाचित भएका छन् ।
शेर्पा १८९८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । बिहीबार राति सानेपामा सम्पन्न मतगणनाअनुसार शेर्पा छैटौँ स्थानमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सोलुखुम्बु जिल्लाको पूर्व पार्टी सभापति समेत रहेका नेता शेर्पाले आदिवासी जनजातीतर्फ आठ जना खुलामा उम्मेदवारी दिएका थिए ।
शेर्पालाई हराउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसी र अन्य केही नेताहरू लागेको आरोप पनि छ । केसीले शेर्पाविरुद्ध अभियानै चलाएका थिए । सोलुखुम्बुमा केसीको शासन ढालेर कांग्रेसलाई बचाएका शेर्पाले १४औँ महाविधेशनमा न्याय पाएका छन् ।
सोलुखुम्बु जिल्लामा कांग्रेसको संगठन बलियो बनाउन शेर्पाले धेरै कामहरू गरेका छन् । शेर्पालाई कांग्रेसको राजनीतिबाट रोक्न धेरै प्रयासहरू भए पनि सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलमा राखेर गुन लगाएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि शेर्पाले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् । उनले सभापति देउवालाई पनि धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया