कांग्रेस केन्द्रीय सदस्य महिला खसतर्फ यी ६ नेतृहरू जितको नजिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खस आर्य खुला ६ जनामा मञ्जु खाणले सबैभन्दा धेरै मतसहित अग्रता लिएकी छिन् ।

बुधबार राति प्राप्त अनौपचारिक मतपरिणामअनुसार २८ सय मतगणना हुँदा खाणले १२५५ मत पाएकी छिन् ।

दोस्रो पोजिशनमा नानु बास्तोला छिन् । उनले ११९० मत पाएकी छिन् ।

तेस्रो नम्बरमा प्रतिमा गौतम छिन् । गौतमले ११३० मत पाएकी छिन् ।

कान्तिका सेजुवालले १११४, चम्पा खड्काले १११३, विद्यादेवी तिमिल्सिनाले १०७२ मत पाएकी छिन् । उनीहरू जितको नजिक रहेका छन् ।

Published : Wednesday, 2021 December 22, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया