काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ भएको छ ।
दूतावासकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले प्रदर्शनीको उद्घाटन गरेकी हुन् ।
दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरूसँग साझेदारी खोज्न खम्पाले आग्रह गरेकी छिन् ।
भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२२’ को आयोजना गरेको हो ।
दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवर्द्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको छ ।
संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।
भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया