ओलीसँग प्रचण्ड डराएरर थुरुरु, सम्मेलनमा देखियो ‘इफेक्ट’
काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने निर्णय गरेको छ ।
आफ्नो राष्ट्रिय सम्मेलनमा विभिन्न दलका पाहुनाहरू बोलाउने प्रचलन छ । नेपाली कांग्रेस, एमाले र राप्रपाले हालै आफ्ना राष्ट्रिय महाधिवेशनहरू सम्पन्न गरेका छन् । उनीहरूले राजनीतिक दलहरूलाई बोलाएका थिए ।
एमालेले माओवादी केन्द्रलाई बोलाएको थिएन । माओवादीले एमालेलाई बोलाउँदा अध्यक्ष खड्गप्रसाद ओली आउने छैनन् । ओली नआउने भएपछि अपमानबाट बच्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न दलहरूलाई नबोलाउने निर्णय गरेर बुद्धि पुर्याएको चर्चा छ ।
माओवादीले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा प्रथम सम्मेलन गर्न लागेको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्मेलन हुनेछ ।
सम्मेलनमा अन्य दलहरूलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । विगतमा माओवादीले आफ्ना कार्यक्रमहरूमा विभिन्न दलहरूलाई बोलाउने गरेको थियो ।
आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनीत ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिएका छन् ।
प्रदेशहरूबाट ८ सय र अन्य विभिन्न कमिटीहरूबाट प्रतिनिधि छानिनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया