विश्वास डगमगाउन दिने छैन, कांग्रेसलाई बलियो पार्टी बनाउँछौं : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खतिवडाले कांग्रेस पार्टीलाई सशक्त र बलियो बनाउने जिम्मेवारी आफूसहित नयाँ कार्यसमितिमा आएको बताएका छन् ।

खतिवडाले सामाजिक सञ्जालमार्फत अबका निर्वाचनहरूमा कांग्रेसले शानदार जित हासिल गर्ने गरेर आफूहरूले काम गर्ने बताएका छन् ।

‘अब तीन तहका चुनावहरू नजिकिदै छन्’, उनले भने, ‘जनताले विश्वास, आशा भरोशा गरेको पार्टी नेपाली कांग्रेसलाई स्पष्ट बहुमतसहितको पहिलो र सशक्त पार्टीको रुपमा स्थापित गर्नुपर्ने जिम्मेवारी तपाईहरूले हामीलाई सुम्पनु भएको छ ।’

उनले भने, ‘त्यो अभिभारालाई कदापि कमजोर हुन् दिने छैनौं अबको नेपाली कांग्रेस युवा पुस्ताहरूको आकर्षणको केन्द्र, बुवा आमाहरूको आशा र भरोसा केन्द्र बनाउने प्रण गर्दै तपाईहरूले त्यो चिसो मौसममा पनि मलाई विजयी बनाउन अहोरात्र गर्नु भएको मेहनेतको सदैव ऋणि छु ।’

‘आगामी दिनमा तपाईहरूका दुःख र सुःखमा सधैसंगै हुनेछु’, कांग्रेसका युवा नेता खतिवडाले भनेका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसको १४ औं महाधिवेशनबाट तपाईहरूले अपार मायाका साथ लोकप्रिय मत दिएर केन्द्रीय सदस्यमा विजयी गराउनु भएकोमा धेरै धेरै धन्यवाद ।’

Published : Wednesday, 2021 December 22, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया