स्व.खुमबहादुरकी पत्नीले कांग्रेस केन्द्रीय सदस्यमा अग्रता लिइन्, कँडेल-केसी पनि अगाडि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य लुम्बिनी प्रदेशतर्फ तीन जनाले प्रारम्भीक अग्रता लिएका छन् ।
मंगलबार ललितपुरको सानेपामा जारी मतगणनाअनुसार केन्द्रीय सदस्य महिलातर्फ शीला खड्काले अग्रता लिएकी छिन् । खड्काले २१७ मत पाएकी छिन् । शीला खड्का स्व.खुमबहादुर खड्काकी पत्नी हुन् ।
रीता सेनले ११३ मत र भगती काफ्लेले ४२ मत पाएकी छिन् ।
केन्द्रीय सदस्य पुरुषतर्फ देबेन्द्रराज कंडेलले २३४ र चन्द्र केसीले १८२ मत पाएका छन् ।
लेखनाथ पोख्रेलले ११३, महेन्द्र शर्माले १३८, प्रदीप शर्माले ४४ र बमबहादुर डिसीले २८ मत पाएका छन् ।
लम्बिनी प्रदेशतर्फका केन्द्रीय सदस्यमा अग्रता लिएका सबै सभापति शेरबहादुर देउवा निकटका हुन् । शेखर कोइराला समूहका उम्मेदवारहरू प्रारम्भीक रुपमा पछाडि देखिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया