कांग्रेसको केन्द्रीय सदस्य मुस्लिममा रज्जाक र सतार निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दुई मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचत भएका छन् ।

मंगलबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार रज्जाक र सतार निर्वाचित भएका हुन् । दुबै जना सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रज्जाक रुपन्देही कांग्रेसका पूर्वसभापति हुन् । सतार गोरखा कांग्रेसका नेता एवम् व्यवसायी हुन् ।

Published : Tuesday, 2021 December 21, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया