कांग्रेसको केन्द्रीय सदस्य खुला थारुतिर यी दुई नेताले जित्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य थारु खुलातर्फ रामजनम चौधरी र योगेन्द्र चौधरीको जित सुनिश्चित जस्तै बनेको छ ।

ललितपुरको सानेपामा मंगलबार जारी मतगणनाअनुसार २८ सय मतगणना भएको छ । झण्डै दोब्बर मतले अग्रता लिइरहेका रामजनम र योगेन्द्रले केन्द्रीय सदस्यमा जित्ने पक्का जस्तै रहेको छ ।

२८ सय मतगणना हुँदा रामजनम चौधरीले १५११ मतसहित अग्रता लिइरहेका छन् ।

योगेन्द्र चौधरीले १३३० मतका साथ अग्रता लिइरहेका छन् ।

बद्री चौधरीले ९५४ र साजन चौधरीले ८५७ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिस्पर्धामा रहेका अरु नेताहरू धेरै पछाडि छन् । सबैभन्दा धेरै मतका साथ अग्रता लिइरहेका रामजनम चौधरी र योगेन्द्र चौधरी सभापति शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्य थारुको खुलातर्फ उम्मेदवारी दिएका थिए ।

Published : Tuesday, 2021 December 21, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया