महेन्द्रकुमारी लिम्बु कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बु शानदार मतका साथ निर्वाचित भएकी छिन ।
लिम्बुले प्रदेश १ को महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । सोमबार राति प्राप्त अन्तिम नतिजाअनुसार लिम्बुले २२७४ मत प्राप्त गरेकी थिइन् ।
लिम्बुले निकटतम प्रतिद्वन्द्वलाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गरेकी छिन् ।
लम्बिुसँग लीला बोखिम र गोमा भट्टराई प्रतिस्पर्धामा थिए । केन्द्रीय सदस्यमा निर्वाचित लिम्बु सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेकी थिइन् । उनी प्रतिनिधि सभाकी सांसद समेत हुन् ।
झापा जिल्लाको दमक स्थायीबासिन्दा लिम्बु प्रजातन्त्र सेनानी स्व.मुगाधन राईकी छोरी हुन् । उनको जन्म भोजपुर जिल्लामा भएको थियो ।
नेतृ लिम्बु २०६४ को संविधान सभा निर्वाचनमा कांग्रेसले झापामा एमाले अध्यक्ष खड्गप्रसाद ओलीसंग पनि चुनावमा प्रतिस्पर्धा गराएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया