महेन्द्रकुमारी लिम्बु कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बु शानदार मतका साथ निर्वाचित भएकी छिन ।

लिम्बुले प्रदेश १ को महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । सोमबार राति प्राप्त अन्तिम नतिजाअनुसार लिम्बुले २२७४ मत प्राप्त गरेकी थिइन् ।

लिम्बुले निकटतम प्रतिद्वन्द्वलाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गरेकी छिन् ।

लम्बिुसँग लीला बोखिम र गोमा भट्टराई प्रतिस्पर्धामा थिए । केन्द्रीय सदस्यमा निर्वाचित लिम्बु सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेकी थिइन् । उनी प्रतिनिधि सभाकी सांसद समेत हुन् ।

झापा जिल्लाको दमक स्थायीबासिन्दा लिम्बु प्रजातन्त्र सेनानी स्व.मुगाधन राईकी छोरी हुन् । उनको जन्म भोजपुर जिल्लामा भएको थियो ।

नेतृ लिम्बु २०६४ को संविधान सभा निर्वाचनमा कांग्रेसले झापामा एमाले अध्यक्ष खड्गप्रसाद ओलीसंग पनि चुनावमा प्रतिस्पर्धा गराएको थियो ।

Published : Tuesday, 2021 December 21, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया