कांग्रेसको प्रदेश २ मा शेखरले सभापतिको उम्मेदवार पाएनन्, हरुवाहरूको ग्याङले भरियो जनकपुरधाम
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. २ मा शेखर कोइरालाले सभापतिको उम्मेदवार पाउन नसकेपछि ‘जिल’ परेका छन् ।
सभापति पाउन नसकेपछि शेखरले विमलेन्द्र निधिका सभापतिका उम्मेदवार रामसरोज यादवलाई समर्थन गरेका छन् । आफ्नो अलग समूह बनाएका शेखरको प्रदेश नं. २ मा हरिविजोग भएको छ ।
पराजित भए पनि आफ्नो अलग टिम खडा गर्नुपर्नेमा शेखरले सभापतिकै उम्मेदवार नपाउनुले उनको हैसियत के रहेछ भन्ने प्रष्ट भएको छ ।
यसअघि नै कांग्रेसको केन्द्रीय सदस्यतर्फ प्रदेन नं. २ मा निधि र शेखरले केन्द्रीय सदस्यका दुई उम्मेदवार नपाउँदा सभापति शेरबहादुर देउवा समूहका दुई जना नेताहरू केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए ।
कांग्रेसको प्रदेश नं. २ को कार्यसमितिका लागि सभापति, पदाधिकारी र सदस्यहरूमा आज (मंगलबार) मनोनयन दर्ता हुँदैछ । निधिको समूहबाट रामसरोजले सभापतिमा उम्मेदवारी दिनेछन् ।
देउवा समूहले पूर्वसांसद कृष्ण यादवलाई सभापतिमा उम्मेदवार बनाएको छ । कृष्णलाई शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतको समर्थन रहेको जनाइएको छ । बुधबार नयाँ नेतृत्वको लागि जनकपुरमा मतदान हुनेछ ।
यसअघि मंसिर १६ गते प्रदेश अधिवेशनको उद्घाटन भएको थियो । विवाद हुँदा प्रदेश अधिवेशन हुन सकेको थिएन ।
निधिका सभापति रामसरोजलाई जिताउन भनेर पराजितहरूको समूह जनकपुरमा जम्मा भएका छन् । निधिले रामसोजलाई मन्त्री पनि बनाए, संसदीय दलको नेता पनि बनाए र अहिले आएर प्रदेश सभापति बनाउन खोजेका छन् । सबै पद एउटै व्यक्तिलाई दिएर निधिले अरु नेताहरूमाथि अन्याय गरेको चर्चा छ । निधि पनि सभापतिमा नराम्रोसँग पराजित नेता हुन् ।
शेखर समूहका रामकृष्ण यादव (सह–महामन्त्रीमा हरुवा), गुरुराज घिमिरे (प्रदेश नं. १ को सभापतिमा हरुवा) र भुपेन्द्रजंग शाही (कर्णाली प्रदेशको सभापतिमा हरुवा) जनकपुरमा अड्डा जमाएर बसेका छन् । यी तीन जना कांग्रेसको महाधिवेशनमा नराम्रोसँग हारेका नेताहरू हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया